Skip

Hamro Sanchar

आज ४२ सय रुपैयाँले घट्यो सुनको मुल्य, चाँदीको कति पुग्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, २३ गते


काठमाडौं । नेपाली बजारमा शुक्रबार (माघ २३ गते) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।

यससँगै आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ ।

बिहीबार ९माघ २२० मा सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार हुनेछ ।
अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्