Skip

Hamro Sanchar

आज तोलामा साढे १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १९ गते


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट जारी छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (माघ १९) तोलामा १३ हजार ४०० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार (माघ १८) सुनको मूल्य तीन लाख रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ३०० रुपैयाँले घटेर पाँच हजार २०० रुपैयाँमा किनबेच हुँदैछ  । हिजो पाँच हजार ५०० रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्