Skip

Hamro Sanchar

टी-२० विश्वकप : भारतपछि सबैभन्दा धेरै टिकट माग नेपालको खेलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १५ गते


काठमाडौं । भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा नेपाल ‘सरप्राइज प्याकेज’ बनेको छ । भारतीय मिडिया रिर्पोटका अनुसार विश्वकपमा नेपालको खेलका निम्ति टिकटको माग सबैभन्दा उच्चमध्येमा रहेको छ ।

नेपालले विश्वकपका सबै खेल भारतको वानखेडे क्रिकेट रंगशालामा खेल्ने तालिका छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतपछि विश्वकपमा सबैभन्दा धेरै टिकट माग भएको टिम नै नेपाल हो ।

प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म यी दुई देशमा हुने तालिका छ । प्रतियोगितामा नेपाल समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै, इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् ।

यसअघि यो समूहमा टेस्ट टोली बंगलादेशले प्रतिस्पर्धा गर्ने तालिका थियो । तर, भारतसँगको राजनीतिक खिचातानीबीच बंगलादेशले विश्वकप नखेल्ने निर्णय गर्दा स्कटल्यान्डले मौका पाएको हो ।

नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, समूह चरणको दोस्रो खेल इटालीविरुद्ध फेब्रुअरी १२ मा खेल्नेछ । यस्तै, तेस्रो खेल वेस्ट इन्डिजविरुद्ध फेब्रुअरी १५ र स्कटल्यान्डविरुद्ध फेब्रुअरी १७ मा खेल्ने तालिका छ ।

विश्वकपअघि आईसीसीको आधिकारिक ‘वार्म अप’ खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स ९यूएई० र क्यानडाविरुद्ध खेल्ने छ ।


प्रतिकृया दिनुहोस्