Skip

Hamro Sanchar

लुम्बिनीबाट जंगली, झाक्री र केसी राष्ट्रिय सभा सदस्यमा विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ११ गते


काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्य कांग्रेस-एमाले-जसपा गठबन्धनले जितेको छ।

आइतबार साँझ मतगणना सकिएकोमा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे (जंगली) र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाइन्।

त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन्।

अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी भए। नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए।

अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए। माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए। राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत ल्याए ।


प्रतिकृया दिनुहोस्