
काठमाडौं । नेपाली राष्ट्रिय यू–२० महिला टिमले चाइना युनान युथ वुमन्स टिमसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ ९एन्फा०ले मैत्रीपूर्ण फुटबलका निम्ति टिमको मुख्य प्रशिक्षकमा यामप्रसाद गुरुङलाई नियुक्त गरेको छ
एन्फाले गुरुङसँगै टिमको सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । टिमको गोलकिपर प्रशिक्षकमा सञ्जिव जोशीलाई नियुक्त गरिएको छ ।
एन्फा महासचिव किरण राईले उनीहरू सबैलाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्तिपत्र हस्तान्तरण गरे ।
एन्फाका अनुसार, संघ र युनान विश्वविद्यालयको द स्कुल अफ फिजिकल एजुकेसन र नेपाल ओभरसिज चाइनिज एसोसिएसनको आयोजनामा मैत्रीपूर्ण फुटबल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आउँदो माघ १७ गते हुनेछ ।

















