Skip

Hamro Sanchar

नेपाली टोली अभ्यास खेलमा श्रीलंका ‘ए’सँग पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ८ गते


काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका ए टोलीसँगको दोस्रो अभ्यास खेलमा ७३ रनले पराजित भएको छ।

बिहीबार भएको खेलमा श्रीलंका ए ले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि लोकेश बमले २६ बलमा ४१ रन बनाए। लोकेश बलमे १५ बलमा २५ रन थपे।

त्यसअघि श्रीलंका ए ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको योगफल तयार पारेको थियो। श्रीलंकाका लागि लाहिरु उडाराले ५२ बलमा ९३ रन बनाए।

नेपालका लागि कुशल भुर्तेल र नन्दन यादवले समान २ विकेट लिए। नेपालले अब तेस्रो अभ्यास खेल शनिबार खेल्नेछ।


प्रतिकृया दिनुहोस्