Skip

Hamro Sanchar

टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय ४१ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ८ गते


काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ४१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५ विकेट गुमाएर १ सय ४० रन बनायो ।

नेदरल्यान्ड्सकी बाबेट डे लीडेले सबैभन्दा धेरै ४९ रन बनाइन् । नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन् ।

यसअघि पहिलो खेलमा नेपाल नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले भने लगातार दुई खेल जितेको छ । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।


प्रतिकृया दिनुहोस्