Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड सर्वोच्चले उल्ट्यायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


Advertisement

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौँका खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्ट्याएको छ।

आज सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्ट्याएको हो। पूर्ण इजलासको फैसलामा भनिएको छ, ‘उक्त फैसला कानून र न्यायको रोहमा मिलेको नदेखिँदा सो हदसम्म संयुक्त इजलासको मिति २०८०र०९र०३ को फैसला केही उल्टी हुने ठर्हछ।’

यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डबाहेक नदी तथा खोलाको दायाँ र बायाँ थप २० मिटर छोड्नुपर्ने फैसला गरेको थियो।

त्यसका विरुद्ध पुनरावलोकनका लागि सर्वोच्चमा रिट परेको थियो। त्यसमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले थप २० मिटरको मापदण्ड उल्ट्याएको हो।

त्यस्तै, स्थानीय बासिन्दा पनि विरोधमा उत्रिएका थिए। गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको अगुवाइमा स्थानीय बासिन्दा प्रदर्शन गर्दै आएका थिए।

 


प्रतिकृया दिनुहोस्