Skip

Hamro Sanchar

उम्मेदवारी दर्ताको समय सर्नसक्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौं । प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप परेपछि निर्वचन आयोगले केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ ।

दलहरूका तर्फबाट केही दिन मनोनयन सार्नका लागि औपचारिक र अनौपचारिक माग निर्वाचन आयोगमा पुगिरहेको छ । त्यसैले आयोगले केही दिन समय सार्ने संकेत गरेको हो ।

विभिन्न दलबाट मिति सार्ने दबाब आएको आयोगका एक आयुक्तले जानकारी दिए । २१ फागुनको चुनावको मिति प्रभावित नहुनेगरी मनोनयनको मिति सार्न लागिएको हो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिने आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएको छ । देउवा पक्षले आयोगमै पुगेर मनोनयनको मिति सार्न आग्रह समेत गरेको छ ।


प्रतिकृया दिनुहोस्