Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ३ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताए ।

निर्वाचन आयोगको निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनको जोड छ । “पार्टीभित्रका अग्रज नेतालाई सँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ,” उनले भने, “एकदुई दिनभित्र सिंगो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ ।”

उनले फागुन २१ मा हुने निर्वाचनका लागि उमेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई आगाडि बढाउने दृढता व्यक्त गरे ।


प्रतिकृया दिनुहोस्