Skip

Hamro Sanchar

विश्वप्रकाश भन्छन् : पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्रीका रुपमा गगन थापालाई अघि लागेर जाने बताएका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको समापनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सबैलाई लोकतान्त्रिक ढंगले, स्वस्थ ढंगले प्रतिस्पर्धा गरौं भनेर आउँदैछ । र नेपाली कांग्रेस पार्टी नेपाली कांग्रेसको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्नेगरी गगन थापालाई अघिल्तिर लिएर आउँदैछ भन्ने कुरालाई पब्लिकमा लिएर जानुपर्नेछ,’ शर्माले भने ।

नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरु घर फर्किन मिल्ने भएपनि आफूहरु निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको उनले बताए ।

निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर उनले गरे ।

‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरु कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ । विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्‍यो । के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला । हामीले निर्वाचन आयोग पनि पुग्नुछ,’ उनले भने


प्रतिकृया दिनुहोस्