
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी-२० विश्वकपअघि भारत र श्रीलंकामा अभ्यास गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले भारत र श्रीलंकाका स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने जानकारी दिएको हो।
नेपाली टोलीले पहिलो चरणमा श्रीलंकाको ए टोली र स्थानिय टोलीसँग अभ्यास खेल्नेछ। नेपालले जनवरी १९,२१ र २३ मा अभ्यास गर्नेछ। जनवरी २०,२२ र २४ मा अभ्यास खेल खेल्नेछ।
दोस्रो चरणमा भारतमा प्रशीक्षण र अभ्यास खेल खेल्नेछ। टोलीले मुम्बई क्रिकेट एशोसियसन प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्नेछ। नेपली टोलीले जनवरी २७ र २८ मा अभ्यास गर्नेछ। जनवरी २९ र ३१ मा अभ्यास खेल खेल्ने तालिका रहेको छ।
भारत र श्रीलंकामा हुने आइसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले आफ्नो सबै खेल मुम्बइको वानखेडे स्टेडियममा खेल्नेछ ।



















