Skip

Hamro Sanchar

विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान गरेको छ ।

आज केहीबेरअघि निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले सूचना जारी गरी मनोनयनको आह्वान गरेका हुन् ।

त्यस्तै समितिले मतदाताको नामावली पनि सार्वजनिक गरेको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ४७४३ हो ।

यीमध्ये पार्टी परित्याग गर्ने ६१ जना र मृत्यु भएका महाधिवेशन प्रतिनिधिको संख्या ४४ छ । समितिका अनुसार अहिले जम्मा महाधिवेशन प्रतिनिधिको संख्या ४६३८ रहेको छ।

विशेष महाधिवेशन मूल आयोजनक समितिका संयोजक मनोजमणि आचार्य अहिले एक साथ तीनवटा काम भइरहेको बताए ।

‘बन्दसत्र जारी छ, वार्ता संवाद भइरहेको छ। निर्वाचन कार्यतालिका प्रकाशित गरेर निर्वाचनको काम अघि बढेको छ,’ उनले भने, ‘संवाद सकारात्मक भए ठिक छ, नभए नयाँ कार्यसमिति बन्छ ।


प्रतिकृया दिनुहोस्