Skip

Hamro Sanchar

सुनको मूल्य अहिलेसम्मकै महँगो, चाँदीमा पनि कीर्तिमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार (पुस २९) अर्को कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो ।

अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ ।

मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्