Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस केन्द्रीय समिति बैठकको समय सर्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको छ । बैठक अब मंगलबार (पुस २९) दिउँसो १ बजे बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसै दिन बिहान ११ बजे बैठक बस्ने तय थियो । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक आह्वान गरेका हुन् ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज २०८२ पौष २९ गते मंगलबारका दिन बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भनिएको बैठक दिउँसो १ः०० बजे बस्ने भएको छ,” पौडेलले जारी गरेको सूचनामा उल्लेख छ, “उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।”

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनमार्फत पार्टीलाई अघि बढाइएपछि संस्थापन पक्ष दबाबमा छ । विशेष महाधिवेशनमार्फत नेतृत्व नै परिवर्तन गर्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिइरहेका छन् ।

केन्द्रीय समिति बैठकअघि विशेष महाधिवेशन र संस्थापन पक्षबीच वार्ताको तयारी छ ।


प्रतिकृया दिनुहोस्