
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेतहरूसँग छलफल गरेका छन् ।
केहीबेरअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलले दुई महामन्त्रीसँग कुरा गर्ने जिम्मा सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निष्कर्ष निकालेको हो ।
‘सभापति र कार्यवाहक सभापतिले सम्बन्धितसँग संवाद गर्ने निष्कर्ष निकालियो,’ छलफलमा सहभागी मीनबहादुर विश्वकर्माले भने, ‘कोही पनि पार्टी विभाजन चाहँदैन । मत मात्रै होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको हो ।
उनले महामन्त्रीहरूसँगको छलफल आजै र चाँडै हुने पनि बताए ।













