Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मंगलबारसम्म लम्बियो विशेष महाधिवेशन, त्यसपछि नेतृत्व चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ। दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि चलिरहेको महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।

मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन्। उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ। यो क्रम मंगलबार पनि चल्नेछ। त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ।


प्रतिकृया दिनुहोस्