Skip

Hamro Sanchar

आज पनि सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २८ गते


काठमाडौं । नेपाली बजारमा सोमबार (पुस २८) सुुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलको दुई लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो हालसम्मकै उच्च हो । आइतबार (पुस २७) छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । सोमबार एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १९५ रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो ।


प्रतिकृया दिनुहोस्