Skip

Hamro Sanchar

कांग्रेसमा कोही बा छैन, नबोल भन्दा बोल्न छाड्ने छैन : गगन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस दास र लाशहरुको पार्टी नभएको बताएका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“कांग्रेस दास र लाशहरुको पार्टी होइन । कांग्रेसमा प्रश्न मरेको छैन । यहाँ कोही बा छैन नबोल भन्दा बोल्न छाड्ने छैन,” उनले भने, “पार्टीभित्र कोही मालिक र दास छैन । थियो भने पनि आजबाट भत्कियो । भोलि जो आए पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन । तल बस्नेलाई माथि बस्नेले निहुरिएर जय नेपाल गर्नुपर्छ ।”

उनले विशेष महाधिवेशनले के निर्णय गर्छ भन्ने बारेमा आफूलाई केही थाहा नभएको बताए ।

“यो कहाँ गएर टुंगिन्छ थाहा छैन । भोलि अधिवेशनको हाउस बस्छ । त्यसले जे निर्णय गर्छ । मेरो लागि त्यो स्वीकार्य छ । मैले त्यसलाई मान्नुपर्छ,” उनले भने ।


प्रतिकृया दिनुहोस्