Skip

Hamro Sanchar

कांग्रेस विशेष महाधिवेशन : नेतालाई कुसन, प्रतिनिधिलाई कुर्सी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको विशेष महाधिवेशनका लागि अहिले विभिन्न स्थानबाट र्‍यालीसहित पुग्ने क्रम जारी छ ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच भएको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोल लगायत ठाउँबाट र्‍यालीसहित प्रतिनिधिहरू पुगेका छन् ।

सँगै महाधिवेशनस्थलमा केही नयाँ दृश्यहरू पनि देखिएका छन् । महाधिवेशनको मञ्चमा केही कुसनहरू राखिएको छ । जहाँ कुर्सी राखिएको छैन ।

दर्शकदीर्घामा भने कुर्सीहरू राखिएको छ । जहाँ महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई राखिएको छ ।

र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन हुनुपर्ने माग राखेका छन् ।


प्रतिकृया दिनुहोस्