Skip

Hamro Sanchar

सुनको मुल्य तोलाको २ लाख ७० हजार रुपैयाँ नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


काठमाडौं । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि पनि गएको पुस १३ गते सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । जुन अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउले कीर्तिमान बनाएको छ । चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर तोलाको चार हजार ९ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ९ सय ३५ रुपैयाँ रहेको थियो ।


प्रतिकृया दिनुहोस्