Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २६ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।

‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’

उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुस्ख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए ।

यसअघि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन । उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए ।


प्रतिकृया दिनुहोस्