Skip

Hamro Sanchar

कांग्रेस महाधिवेशन विवादबारे निर्वाचन आयोगले भन्यो : नजिकबाट हेरिरहेका छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र चर्किरहेको महाधिवेशन विवादलाई नजिकबाट हेरिरहेको जनाएको छ ।

आज आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले कांग्रेसको महाधिवेशन विवाद दलको आन्तरिक विषय भएको बताए ।

उनले भने, ‘आन्तरिक विषयमा धेरै हस्तक्षेपरप्रवेश नगर्ने नीति लिएको हुनाले अहिलेसम्म केही धारणा बनाइसकेको छैन । राजनीतिक दललाई नजिकबाट निकाल्ने कुरा त आयोगको जिम्मेवारी नै हो । थाहा छैन भन्ने कुरा त होइन, तर दलभित्रको लोकतन्त्रको विषय भएकाले आयोग प्रवेश गरिसकेको छैन ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस विभाजनको डिलमा पुगेको छ ।


प्रतिकृया दिनुहोस्