
काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका नजाने भएका छन् ।
यसअघि माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा मन्त्री गुप्ता जाने चर्चा थियो।
तर, मन्त्री सचिवालयका अनुसार समय तालिका नमिलेको र भिसा प्रक्रियामै नगइसकेकाले भ्रमण नहुने भएको हो ।
सचिवालयले भ्रमणमा अमेरिका जाने प्रक्रियामै नगएकाले यसलाई रद्द भन्न नमिल्नेसमेत जनाएको छ ।
“अमेरिका जाने भनेर अनुमतिका निम्ति एक महिनाअघि नै मन्त्रिपरिषद्मा आग्रह गरेका थियौँ । तर, अनुमति निक्कै ढिलो गरी आयो । हामीले उता जान भिसा प्रक्रियाका निम्ति पनि कुनै तयारी गरेका थिएनौँ । यी सबै कुरा नमिल्दा खेलकुदमन्त्री नजाने हुनुभएको हो । तय नै नभएकाले यसलाई भ्रमण रद्द नै भन्न मिल्दैन,” मन्त्रीको सचिवालयका विनोद रिमालले भने ।

















