Skip

Hamro Sanchar

कांग्रेस संस्थापन पक्षले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज दिउँसो गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलन स्थगित भएको जानकारी गराएका हुन्।

कांग्रेस संस्थापन पक्षले शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो।

हाललाई पत्रकार सम्मेलन स्थगित गरिएको पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्