Skip

Hamro Sanchar

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २५ गते


काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्किने छुट नभएको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले अहिलेका सरकारको मन्त्रीलाई दलप्रति ढल्किने छुट नभएको बताएका हुन्।

उनले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोस्रो म्यान्डेट जेनजी जनआन्दोलनबाट प्राप्त सुशासनको म्यान्डेट रहेको बताए।

मन्त्री अर्यालले निर्वाचन हुनेमा शंका नगर्न पनि अनुरोध गरे। त्यस्तै सुशासन कायम राख्न पनि सरकार कटिबद्ध रहेको उनको भनाइ छ।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका मुख्‍यमन्त्री ईन्द्र बहादुर बानियाले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्नसक्ने तर्फ सचेत गराउँदै स्वच्छ निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनपर्ने विषयमा जोड दिए।

ीबहmष् दबलप
मुख्यमन्त्री बानियाले अहिलेको निर्वाचनमा विगतका निर्वाचनको समयमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वासको वातावरण भने कायम रहेको बताए। कृतिम बौद्धिकता, इन्टरनेट लगायतको प्रयोगबाट हुन सक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायहरूलाई सचेत गराए।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजना भइरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानीया प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ ।


प्रतिकृया दिनुहोस्