Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लौरो चुनाव चिह्न फिर्ता गर्न बालेनलाई अल्टिमेटम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २४ गते


Advertisement

काठमाडौं । लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिह्नका रुपमा प्रयोग नगर्न माग गरेको छ ।

उनीहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरूले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन्।

स्वतन्त्र चुनाव चिह्न लौरोलाई काठमाडौं महानगर प्रमुख बालेन शाहले राजनीतिक बार्गेनिङको हतियारका रुपमा प्रयोग गरेको उनीहरूको आरोप छ ।

रास्वपमा प्रवेश गरेसँगै लौरो चुनाव चिह्न बालेनको हुन नसक्ने भएकाले उक्त चुनाव चिह्न स्वतन्त्र समूहलाई सम्मानजनक रुपमा फिर्ता गर्न माग गरिएको लौरो अभियानका डम्बर साहुले बताए ।

उनले लौरो चुनाव चिह्न स्वतन्त्रहरुको प्रतीक मात्र नभई आस्था, धरोहर र स्वतन्त्रहरूको मन्दिर समेत भएको उल्लेख गरे ।

उनीहरुले लौरो अभियान वा लौरो चुनाव चिह्नलाई व्यक्तिवादी कब्जा र सौदाबाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चूकाउन तयार रहेको धारणा राखेका छन् । एक साताभित्र उक्त चुनाव चिह्न फिर्ता नभए बालेन शाहको कार्यालय र घरको गेटअगाडि विरोधका कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ ।

‘एक हप्ताभित्र लौरो चुनाव चिन्ह दिन बालेनलाई चेतावनी दिन्छौँ। नभए देश विकास पार्टीको कार्यालय र बालेनको घरमा विरोध तथा धर्नाका कार्यक्रम गर्छौँ,’ साहुले भने।


प्रतिकृया दिनुहोस्