
काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई आजै राजीनामा बुझाएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् ।
भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार बेलुका पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा पनि गर्न लागेका छन् ।
प्रधानमन्त्री कार्यालयले उनले राजीनामा दिएको तस्बिर सार्वजनिक गरेको छ । उनले आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराए पनि अहिले भने रास्वपासँग एकता गरेका छन् ।
उनी रास्वपा उपसभापति पनि हुन् । गैरदलीय सरकारमा दलका नेता मन्त्री भएको भन्दै चौतर्फी आलोचना भएपछि घिसिङ राजीनामाका लागि तयार भएका हुन् ।


















