
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका छन् ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक भिडियोमार्फत् महामन्त्री थापाले विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका हुन् ।
“मेरो कुरा पनि खाली भदौ २३ अघिको नेपाल र पछिको एउटै होइन,” थापाले भनेका छन्, “हिजोको जस्तै गरेर आजको नेपाल बन्दैन । जेनजी आन्दोलनलाई सामान्य घटना मान्ने ? निर्वाचन तयारी गर्नुपर्नेछ । मैले यहाँहरुलाई साक्षी राखेर भन्छु कसैले चाहेर पनि पार्टी फुट्दैन । विष पिएर भए पनि पार्टी फुट्न दिन्न । जस्तोसुकै अवस्थामा पनि पार्टीलाई तलमाथि हुन दिन्न ।

















