Skip

Hamro Sanchar

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंग्यायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २३ गते


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो ।

एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित)र रन्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

यसैगरी अन्य उम्मेदवारहरुमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर (केसी),कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस्