
काठमाडौं । यसै वर्ष हुने आईसीसी टी–२० विश्वकपका निम्ति नेपालको राष्ट्रिय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताका निम्ति १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।
भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ ।
जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।


















