Skip

Hamro Sanchar

कन्चटमा गोली हानेको अवस्थामा भक्तपुरमा एक व्यक्ति कोठाभित्र मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २१ गते


भक्तपुर । भक्तपुरमा ठिमीमा कन्चटमा गोली हानेको अवस्थामा एक व्यक्ति कोठाभित्र मृत फेला परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जवेगुले मृतक सनिप चाम्लिङ राई भएको पुष्टि गरे।

उनले १२ बोरको राइफलले आफ्नै कन्चटमा गोली हानेको र कोठा बन्द रहेको अवस्थामा शव फेला परेको बताए।

घटनामा प्रयोग भएको राइफल सनिपका भिनाजुको नाममा लाइसेन्सप्राप्त भएको खुलेको छ।

उनका भिनाजु अवकास प्राप्त ब्रिटिस आर्मी हुन्। मध्यपुरठिमी नगरपालिका ६ राईटोल बस्ने नविन चाम्लिङ राईका छोरा ४० वर्षका सनिप बिरामी पनि थिए। उनीहरूको पहिलेको घर खोटाङ हो।

साढे चारतले घरको चौथो तलामा भित्रबाटै चुक्कुल लगाएको अवस्थामा सोमबार दिउँसो गोली प्रहार गरेको प्रहरीको भनाई छ।

घटनास्थलमा प्रहरी वृत्त ठिमीको टोलीले मुचुल्का गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्