Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्थिति तनावपूर्ण बनेपछि वीरगञ्जमा कर्फ्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २१ गते


Advertisement

वीरगञ्ज । पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु लागु हुने जानकारी दिएका छन्।

वीरगञ्जको अवस्था नियन्त्रणबाहिर जान सक्ने देखिएपछि शान्ति सुरक्षा कायम गर्न यो कदम चालिएको प्रशासनले जनाएको छ ।

कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले सूचनाको उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

 


प्रतिकृया दिनुहोस्