Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल आइपुग्यो आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २१ गते


Advertisement

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा आइपुगेको छ।

भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबार राष्ट्रपति निवासमा प्रदर्शन गरिएको हो। ट्रफी टुरअन्तर्गत ट्रफीलाई नेपाल ल्याइएको हो।

ट्रफी प्रदर्शनमा राष्टपति रामचन्द्र पौडेल, नेपाल क्रीकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, इन्दु बर्मा, प्रशिक्षक स्टुआर्ट ल र हर्षल पाठक सहभागी भए।

विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुँदैछ। उक्त विश्वकपमा नेपाल पनि सहभागी हुनेछ । नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ ।


प्रतिकृया दिनुहोस्