
काठमाडौं । ‘तेश्रो गणेश हिमाल भलिबल प्रतियोगिता २०८२’ आगामी २५ गतेदेखि हुने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ मा रहेको गणेश हिमाल माध्यमिक विद्यालयको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
२५ गतेदेखि सुरु हुने प्रतियोगिता २८ गते सम्पन्न हुने बताइएको छ ।
विद्यालयबीचको सम्बन्ध प्रगाढ बनाउदै विद्यार्थीहरुलाई खेल प्रति जागरुक बनाउनु साथै यस खेलको विकास र प्रवर्धनका लागि भलिबल खेल विद्यालय स्तरका विद्यार्थीहरु बीच पुर्याउने प्रतियोगिताको मुख्य उदेश्य रहेको विद्यालयका संचालक दिनेस नेपालले हाम्रो संचारलाई बताए ।
प्रतियोगिता छात्र, छात्रा र शिक्षक गरि तीन समुहमा संचालन गरिने छ । प्रतियोगितामा सहभागी हुनको लागि प्रत्येक टीमको दर्ता शुल्क ५ हजार लाग्ने छ । भने ३ वटा टीमको दर्ता शुल्क १२ हजार लाग्नेछ ।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्र तथा छात्राले भाग लिन पाउनेछन् भने उमेर हद १६ बर्ष ननाघेको हुनुपर्नेछ ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश: १० हजार, सात हजार ५ सय र ५ हजार नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिने छ भने शिक्षकहरु प्रथम र दोश्रो हुनेलाई क्रमशः ५ हजार र २ हजार ५ सय नगद पुरस्कार साथै प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि नाम दर्ता भैरहेको र पुस २३ गते टाइसिट सार्वजनिक गरिनेछ ।
प्रतियोगितामा उल्लेख्य सहभागिताका लागि विद्यालय प्रशासनले अनुरोधसमेत गरेको छ ।
यस्तो छ खेलका नियम-



















