Skip

Hamro Sanchar

सुनको मुल्य हालसम्मकै उच्च, तोलाको कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ११ गते


काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो बिहीबारको तुलनामा यो १ हजार ८ सय रुपैयाँले बढी हो ।

बिहीबार छापावाल सुनको भाउ तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । हिजो बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार १ सय ६५ ले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार छापावाल सुनको भाउ गत बुधबार तोलाको २ लाख ६८ हजार १ सय, मंगलबार २ लाख ६७ हजार २ सय, सोमबार २ लाख ६१ हजार ७ सय र आइतबार २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्