Skip

Hamro Sanchar

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ८ गते


काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने भएको छ।

घरेलु मैदानमा हुने ग्लोबल छनोटमा नेपालले माघ ४ गते थाइल्यान्डविरुद्ध खेल्नेछ। दोस्रो खेलमा जनवरी २२ (माघ ८) मा नेदरल्यान्डसँग खेल्नेछ। २४ जनवरी (माघ १०)मा जिम्बावेसँग र जनवरी २६ (माघ १२)मा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ।

ग्लोबल छनोटमा नेपाल समूह ‘बी’मा छ। नेपाल रहेको समूह ‘बी’मा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाव्वे र नेदरल्यान्ड छन्।

ग्लोबल छनोटअघि नेपालले अभ्यास खेल खेल्नेछ। अभ्यास खेलमा जनवरी १४ मा आयरल्यान्डसँग तल्लो मूलपानी मैदानमा खेल्नेछ। १६ तारिखमा अमेरिकासँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्नेछ।

इङल्यान्ड र वेल्समा हुने टी–२० महिला विश्वकपको ग्लोबल छनोट आगामी जनवरी १४ देखि १ फेब्रुअरीसम्म हुनेछ। छनोटका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

 


प्रतिकृया दिनुहोस्