Skip

Hamro Sanchar

तोलामा एकैदिन ५५ सयले बढेर हालसम्मकै महँगो बन्यो सुन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ८ गते


काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार पुनः उच्च विन्दुमा पुगेको छ । मंगलबार ९पुस ८० एकैदिन प्रतितोला ५५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।

सोमबार दुई लाख ६१ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । सोमबार चार हजार २३५ रहेको प्रतितोला चाँदी २० रुपैयाँ बढेर चार हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्