Skip

Hamro Sanchar

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ६ गते


काठमाडौं । साताको पहिलो दिन आज सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १०० रुपैयाँ घटेको छ । आज प्रतितोला दुई लाख ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार (पुस ४) मा प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदी तोलामा १०० रुपैयाँ बढेर चार हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्