
काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् ।
फाइनल खेल यूएईको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को एकेडेमीमा नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।
सेमिफाइनलमा भारतले श्रीलङ्कालाई र पाकिस्तानले बङ्गलादेशलाई समान ८ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । भारत र पाकिस्तान एउटै समूहमा थिए । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ९० रनले हराएको थियो ।
एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले पनि सहभागिता जनाएको थियो । एउटा पनि खेल नजितेको नेपाल समूह चरणबाटै बाहिरियो । प्रतियोगितामा आठ वटा टोली सहभागि थिए ।


















