Skip

Hamro Sanchar

शंकर पोखरेलको दाबी : एमाले झनै शक्तिशाली भएको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २७ गते


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी कमजोर नभई झनै शक्तिशाली भएको बताएका छन् ।

आज भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ महाधिवेशन उद्घाटनसत्रमा स्वागत मन्तव्यका क्रममा उनले भने, “नेपालको इतिहासमा २३ र २४ गते राष्ट्रविरोधी, लोकतन्त्र र गणतन्त्रविरोधी तत्त्वको घुसपैठले एमालेलाई कमजोर बनाउने प्रयत्न गरे पनि शक्तिशाली भएको छ ।”

युवाको भावनामा खेलेर मुलुकलाई अध्याँरो सुरुङमा लैजाने प्रयास गरिएको उनले उल्लेख गरे । तर, मुलुकलाई एमालेले अघि बढाउने उनले बताए । मुलुकलाई लोककल्याणकारी मान्यताका पक्षमा एमालेले अगुवाइ गर्ने उनको भनाइ थियो ।

चुनौतीको क्षणमा पार्टीको ११औँ महाधिवेशन आयोजना गरिएको उनले बताए ।

गएको भदौ २३ र २४ गते षड्यन्त्रका कारण सरकारबाट बाहिरिए पनि एमाले जनताको हृदयमा बसेको उनले जिकिर गरे ।

एमाले महधिवेशनअन्तर्गत भोलि ९मंसिर २८०देखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुनेछ


प्रतिकृया दिनुहोस्