Skip

Hamro Sanchar

सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २७ गते


काठमाडौं । सुनिता डंगोल नेकपा एमालेको ११औं महाधिवेशन प्रतिनिधि बनेकी छन् । उनलाई महाधिवेशन प्रतिनिधिमा मनोनप्त गरिएको छ ।

१०८ जना महाधिवेशन प्रतिनिधि मनोनित भएका छन् । जसको ४९ औं नम्बरमा डंगोलको नाम छ । डंगोल काठमाडौं महानगरपालिकाको उपमेर हुन् । २०७९ को चुनावबाट उनी उपमेयर भएकी हुन् ।

सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी रहेकी डंगोललाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनाएको थियो ।

सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल डंगोल नेवारी सम्पदा संरक्षणवादीका रुपमा समेत परिचित छिन् । डंगोलसहित १०८ जना महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् ।

एमालेको शुक्रबार बसेको सचिवालय बैठकमा महाधिवेशनका लागि मनोनीत १०८ जना प्रतिनिधिको विषयमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टुंगो लगाउने सहमति भएको थियो ।

शनिवार बिहान मनोनीत १०८ जना महाधिवेशन प्रतिनिधिहरूको सूची प्रकाशित गरिएको छ ।

एमालेको महाधिवेशन आज सुरु हुँदैछ । भोलि र पर्सीसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रतिकृया दिनुहोस्