Skip

Hamro Sanchar

एमाले महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गरिने, ५ सयभन्दा बढी ‘ड्रेस कोड’मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २६ गते


काठमाडौं । नेकपा (एमाले)ले ११औं महाधिवेशनमा १० हजार स्वयंसेवक परिचालन गर्ने र पाँच सयभन्दा बढीलाई ‘ड्रेस कोड’मा परिचालन गर्ने भएको छ ।

भक्तपुरको सल्लाघारीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयोजक भानुभक्त ढकालले पाँच सयभन्दा बढी स्वयंसेवक ड्रेस कोडमा रहने जानकारी दिए ।

उनले भने, “हाम्रा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर पाँच सयभन्दा बढी स्वयंसेवक ड्रेस कोडमा रहने गरी समन्वय गरेका छौं ।”

सम्पर्क समन्वय कमिटी, उपत्यकाका तीनवटै भूगोलका जिल्ला कमिटी र उपत्यका विशेषसहितलाई स्वयंसेवकका रूपमा समावेश गराएको ढकालले जानकारी दिए ।

पाँच सय स्वयंसेवकका अतिरिक्त नेतृत्व कमाण्डको व्यवस्था गरेको पनि उनको भनाइ छ ।

उनले भने, “१० जना स्वयंसेवकबराबर एक कमान्डर, प्रत्येक संगठनको एक कमान्डरको संरचनाभित्र हामीले त्यो काम गरेका छौं भने जनसभालाई व्यवस्थित र प्रभावकारी बनाउनका निम्ति १० हजार स्वयंसेवक परिचालन गर्ने योजना बनाएका छौं ।”

स्वयंसेवकका रूपमा अनेरास्ववियु, युवा संघ, जिफन्टलगायत प्रतिनिधिलाई पहिचानसहित परिचालन गर्ने ढकालको भनाइ छ ।

भक्तपुरमै कार्यक्रम भएको हुनाले भक्तपुरको पार्टीको पनि उल्लेख सहभागिता रहने उनले बताए ।      शनिबार हुने ११औं महाधिवेशन व्यवस्थित र मर्यादित हुने एमालेले दाबी गरेको छ ।


प्रतिकृया दिनुहोस्