
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली जेनजीसँग वार्ता गरेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले नाटक र चटक गरेको बताएका हुन् ।
‘प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा नक्कली जेनजीसँग वार्ता गर्दै छिन् । संयोजक भनिएका मान्छेको उमेर ३६ देखि ३८ वर्षका छन्।जसलाई प्रधानमन्त्री स्वयम आफैले खडा गरेकी हुन् ’ उनले लेखेका छन्, ‘यदि असली जेन्जिसँग वार्ता गर्ने भए प्रधानमन्त्री ज्यु अस्पतालमा शय्यामा गोली खाएर लडेका युवाहरूसँग वार्ता गर्नुहोस्। होइन भने यो नाटक र चटक बन्द गर्नुहोस्।’
अहिले प्रधानमन्त्रीसँगको सम्झौता पछि जेनजीभित्र पनि समर्थन र विरोधका आवाजहरू सुनिन थालेका छन् ।



















