
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)सिजन–२ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । दीनेश अधिकारी ४, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३, निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ ० र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे।
बलिङमा काठमाण्डुका सन्तोष यादवले दुई, सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एकएक विकेट लिए ।
त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर एक बलमा १११ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए ।
शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।
लुम्बिनीले अब फाइनल प्रवेशका लागि विराटनगर किंग्सको सामना गर्नेछ । उक्त खेल बिहीबार दिउँसो ४ बजे हुनेछ । उक्त खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।


















