Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आलमको ह्याट्रिकसहित ६ विकेट, काठमाडौँ प्लेअफमा : पोखरा पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १८ गते


Advertisement

काठमाडौं । पोखरा एभेन्जर्सविरुद्धको खेलमा शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाडौँ गोर्खाज ‘प्लेअफ’मा पुगेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँले पोखरालाई १३ रनले पराजित गरेको हो। यो जितसँगै काठमाडौँ १० अंक जोडेर प्लेअफमा पुगेको छ। अहिलेसम्म काठमाडौँले सातमध्ये पाँच खेल जितेको छ भने दुई खेलमा हार ब्यहोरेको हो।

यो हारसँगै पोखराका लागि भने प्लेअफको दौड कठिन बनेको छ। अहिलेसम्म दुई खेलमात्रै जितेको पोखराको चार अंक छ। अब अन्तिम खेलमा शनिबार चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिकृया दिनुहोस्