Skip

Hamro Sanchar

यू-१९ प्रिमियर कपको उपाधि युएईले जित्यो, फाइनलमा चुक्यो नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १५ गते


काठमाडौं । युएईले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । फाइनलमा नेपाललाई २७ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो ।

युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३ ओभर २ बलमा १२० रनमा समेटियो ।

नेपालका लागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । रोशन विश्वकर्मा २५, आशिष लुहार २५ र वन्श क्षेत्री ११ रनमा आउट भए ।

त्यसअघि युएईमा भएको फाइनल खेलमा नेपालविरुद्ध घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भएको थियो।

यूएईलाई सस्तोमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए । उनले ६ ओभर ५ बलमा १७ रन खर्चेर ६ विकेट लिए । अपराजित पौडेल २ तथा नितेज पटेल र अशोक धामीले एक–एक विकेट लिए ।

ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् । नेपाल उपविजेता बन्दै एसिया कपमा छनोट भएको हो।


प्रतिकृया दिनुहोस्