
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किङ्सविरुद्ध पहिलो बलिङ गर्ने भएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको टस जितेर जनकपुरका कप्तान अनिलकुमार साहले फिल्डिङ रोज्दै विराटनगरलाई ब्याटिङमा निम्त्याए ।
प्रतियोगितामा आज साविक विजेतासमेत रहेको जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यता, विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

















