Skip

Hamro Sanchar

महेश बस्नेतको दाबी : एमालेले मंसिर ६ गते काठमाडौँमा गर्न लागेको सभाले सरकार ढाल्न सक्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ४ गते


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेले यही मंसिर ६ गते काठमाडौँमा गर्न लागेको सभाको कारण सुशीला कार्की नेतृत्वको सरकार ढल्न सक्ने दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत् उनले मंसिर ५ गते नेशनल भोलेन्टियर फोर्सले माइतीघरमा गर्ने मार्चपास र ६ गते एमालेले भृकुटी मण्डपमा गर्ने उपत्यका स्तरको सभाले सरकार ढाल्न सक्ने दाबी गरेका हन्।

 

 

‘मंसिर ५ गते नेसनल भोलिन्टियर फोर्सले माइतीघरमा गर्ने प्रदर्शन र ६ गते नेकपा एमालेले भृकुटी मण्डपमा आयोजना गर्ने उपत्यका स्तरको ठूलो सभाले सरकार ढाल्न सक्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।


प्रतिकृया दिनुहोस्