Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएल : सुदूरपश्चिमकोे खराब सुरुवात, पावर प्लेमै गुमायो ४ विकेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ३ गते


Advertisement

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावर प्लेमै चार विकेट गुमाएको हो। सुदूरपश्चिमका दुवै प्रारम्भिक ब्याटर जोस ब्राउन र विनोद भण्डारी शून्यमा आउट भए।

त्यसलगत्तै क्रिस लिन दुई रन बनाएर आउट भए भने चौथो विकेटको रुपमा ईशान पाण्डे ११ रनमा आउट भए।

काठमाडौँका कप्तान करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। उनले दुई ओभरमा दुई रन खर्चेर तीन विकेट लिए। त्यस्तै, काठमाडौँका लागि मिलिन्द कुमारले एक विकेट लिए।

सदूरपश्चिमले ६ ओभरमा चार विकेटको क्षतिमा २७ रन मात्रै बनायो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रिजमा छन्।


प्रतिकृया दिनुहोस्